सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २९। वाम गठबन्धनले आजदेखि संयुक्त रुपमा चुनावी सभा गर्दैछन् । आसन्न मंसिर १० र २१ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्। कात्तिक २९ देखि मंसिर ९ गतेसम्म विभिन्न १४ शहरमा आयोजित चुनावी सभालाई दुबै नेताले सम्बोधन गर्ने भएका हुन।
ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुवै नेताले आज गोरखा र लमजुङमा चुनावी सभालाई सम्वोधन गर्ने तयारी भईरहेको बताएका छन् ।
पूर्वदेखि पश्चिममा महत्वपूर्ण शहरमा वाम गठबन्धनद्वारा आयोजना हुने चुनावी सभालाई उनीहरूले सम्बोधन गर्नेछन्।
कात्तिक ३० गते बागलुङ र स्याङ्जा, मंसिर २ गते दमक, ३ गते काँकडभित्ता र विराटनगर, मंसिर ५ गते चितवन, मंसिर ६ गते बुटवल र दाङ, मंसिर ७ गते सुर्खेत र दैलेख, मंसिर ८ गते कैलाली र कञ्चनपुर तथा मंसिर ९ गते पोखरामा सम्बोधन गर्ने पुर्व घोषित कार्यक्रम रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा