चुनाव अपडेट

पाटन औद्योगिक क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी


 November 14, 2017     सेतो खबर

फाइल फोटो

ललितपुर, कात्तिक २८ । ललितपुरको लगनखेलमा रहेको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । मंगलबार बेलुकी साढे ६ बजेबाट आगलागी शुरु भएको हो ।
एक प्लाष्टिक उद्योगबाट आगो सल्किएको ललितपुर प्रहरीले जनाएको छ । आगो निभाउन काठमाडौं, ललितपुर र भक्तपुरका दमकल, प्रहरी र स्थानीय बासिन्दाले पहल गरिरहेका छन् । घटनाका थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
आगो लाग्नुको कारण खुल्न सकेको छैन ।

Ime Inside



Ime Inside