सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २८ । माछापुच्छ्रे बैंकले दाङ्गका कृषि तथा महिला उद्यमीलाई बिना धितो कर्जा प्रवाह गर्न हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ ।
बैकले विपन्न बर्गमा कर्जा प्रवाह गर्ने सम्बन्धमा साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानी गर्ने नीति अनुरुप यूकेएडद्वारा संञ्चालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासंग सहकार्य गरिरहेकोमा बैंकले हेफरसँग सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकले हेफर इन्टरनेसनल नेपालको सहकार्यमा लमही दाङ्गका चारवटा विभिन्न सहकारी संस्था मार्फत कर्जा प्रदान गर्ने छ । विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास बैंकले लिएको छ ।
बैकले आफ्ना ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टर लगायत ७ वटा शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहकहरुलाई सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा