चुनाव अपडेट

एनआईसी एशिया बैंकको नयाँ शाखा प्युठानको जुम्रीमा


 November 14, 2017     सेतो खबर

प्युठान, कार्तिक २८ । एनआईसी एशिया बैंकले प्युठानको जुम्रीमा शाखा विस्तार गरेको छ । आज एक समारोहका बिच प्युठान उद्योग बाणिज्य सघंका अध्यक्ष श्रीे ज्ञ्यामुराम न्यौपानले शाखाको औपचारिक समुद्घाटन गनुभएको हो ।

समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैकले आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए।टि।एम। कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरुपनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

Ime Inside



Ime Inside