Mega Bank
भर्खरै

चुनावमा चन्दा नदिएकै कारण सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना खारेज गर्‍यो : ओलि


 November 14, 2017     सेतो खबर

काठमाडौं, कात्तिक २८ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव बिथोल्न सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले सरकार र चन्दको पार्टीबीच चुनाव बिथोल्ने साँठगाँठअन्तर्गत् नै वाम गठबन्धनका उम्मेदवारमाथि मुलुकका विभिन्न स्थानमा बम आक्रमण भइरहेको टिप्पणी गरे ।

वाम गठबन्धनले मंगलबार राजधानीमा गरेको वाम उम्मेदवारको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा चन्दा नदिएकै कारण सरकारले बूढीगन्डकी जलविद्युत् आयोजनाको जिम्मा पाएको चिनियाँ कम्पनी गेजुवाको लाइसेन्स खारेज गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले कांग्रेससँग कुनै विचार र ‘भिजन’ नभएकाले वाम गठबन्धनप्रति विभिन्न भ्रम फैलाइरहेको आक्षेप पनि लगाए । कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपालले समय, देश र जनताको आवश्यकताका कारण वाम गठबन्धन बनेको भन्दै पार्टी एकीकरण हुनेमा आशंका नगर्न आग्रह गरे ।

 

Ime Inside



Ime Inside