सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २८ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा नेपालले मलेसियालाई तथा बंगलादेशले भारतलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा पुगेको हो । नेपाल एसीसी यु–१९ एसिया कपको सेमिफाइनलमा प्रवेश गरेको यो पहिलो पटक हो ।
भारतले दिएको १ सय ८८ रनको लक्ष्य बंगलादेशले २८ ओभरमा २ विकेटको क्षतिमै पुरा गरेको छ।
मंगलबार नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । बंगलादेशले ३ खेलमा सबै जित्दै कूल ६ अंकका साथ समूह विजेता बनेको हो । नेपालले ३ मध्ये २ खेल जितेको हो । पहिलो खेलमा बंगलादेशसँग २ विकेटको पराजय व्यहोरेको नेपालले दोस्रो खेलमा भारतलाई १९ रनले पराजित गरेको थियो । तेस्रो खेलमा आज मलेसियालाई ५ विकेटले पराजित गरेको हो ।मंगलबार बंगलादेशसँग पराजित भएपछि डिफेन्डिङ च्याम्यिन भारत समूह चरणबाटै बाहिरिएको छ ।
समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ ।
४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागी अनिल कुमार शाहले २६ रन बनाए । उनले नटआउट १५ बलमा ३ छक्का र एक चौका प्रहार गरे । नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ३ बलमा २ छक्काको मद्दतमा १२ रन बनाए । आसिफ शेखले ४ रन बनाएर आउट भएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा