सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, कात्तिक २८ । नेपाली काँग्रेस चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारले आज पवित्र तीर्थस्थल देवघाट धामबाट घरदैलो अभियान शुरु गर्नुभएको छ । शिक्षा राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार शेषनाथ अधिकारी र प्रदेशसभा सदस्य उम्मेदवार जीतनारायण श्रेष्ठले देवघाटस्थित लक्ष्मीनारायण मन्दिरमा पूजा गरी घरदैलो अभियान शुरु गर्नुभएको हो । भरतपुर महानगरपालिका–१ स्थित देवघाटमा रहेका वृद्धवृद्धाको आशीर्वाद लिँदै घरदैलो अभियान शुरु गरिएको शिक्षा राज्यमन्त्री अधिकारीले बताउनुभयो ।
सो क्षेत्रमा घरदैलोमा जाँदा स्थानीय बासिन्दाले बाँदरको आतंक नियन्त्रण गर्न उम्मेदवारसँग आग्रह गरेका छन् । घरदैलो कार्यक्रमपछि मन्त्री अधिकारीले देवघाटलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने बताउनुभयो । “देवघाटको वेनी संगमलाई धार्मिक रुपले महत्वका साथ हेरिने गरेकाले यसलाई धाार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ”, उहाँले भन्नुभयो ।
सो अवरमा प्रदेशसभा सदस्यका उम्मेदवार तथा काँग्रेस चितवनका सभापति श्रेष्ठले बाँदर नियन्त्रणका लागि देवघाट क्षेत्र विकास समितिसँग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । भरतपुरको वडा नं १ देवघाट, पोखरा बसपार्क र रामनगरमा आज घरदैलो कार्यक्रम सम्पन्न भएको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा