चुनाव अपडेट

मलेसियाद्वारा नेपाललाई ४६ रनको लक्ष्य


 November 14, 2017     सेतो खबर

काठमाडौं,  कात्तिक २८ । मलेसियामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा आयोजनमा मलेसियाले नेपाललाई ४६ रनको लक्ष्य दिएको छ ।बायुमास ओभलमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको मलेसियाले १५.३ ओभरमा सबै विकेट गुमाइ ४५ रन बनायो । सुरुमा निकै आक्रमक व्याटिङ गरेको मलेसियाले ५.४ ओभरमा ३३ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । ११.६ ओभरमा ४१ रन बनाउँदा ९ विकेट गुमाएको थियो भने ४५ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ५ विकेट लिए । दिपेन्द्रसिंह ऐरी र साहब आलमले समान २–२ विकेट लिए भने अनिकुमार शाहले १ विकेट लिए।
वर्षाका कारण खेल अवरुद्ध भएपछि २४ ओभरमा झारिएको छ ।

शनिबार बंगलादेशसँगको पहिलो खेलमा २ विकेटको हार व्यहोरेको नेपाली युवा टोलीले आइतबार बलियो प्रतिद्वन्द्वी भारतलाई १९ रनले पराजित गरी इतिहास रच्न सफल भएको थियो । नेपाललाई समूह चरण पार गर्न आजको खेल जित्नै पर्ने अवस्था छ ।

एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।

Ime Inside



Ime Inside