सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक २८ । इटालीको रुस विश्वकपमा पुर्ण विराम लागेको छ । सोमबार राति भएको विश्वकप छनौटका लागि युरोपियन क्षेत्रको प्ले–अफ अन्तर्गत दोस्रो लेगमा स्वीडेनसँग गोलरहित बराबरी खेलेपछि इटालीको यात्रा समाप्त भएको हो ।
चारपटकको विश्वकप विजेता तथा दुई पटक उपविजेता बनिसकेको इटाली पहिलो लेगमा १–० ले पराजित भएको थियो।
सन् १९३० को पहिलो विश्वकप खेल्न अस्वीकार गरेको इटाली १९५८ बाहेकका सबै संस्करणमा छनौट हुँदै आएको ईटाली सन् १९३४, १९३८, १९८२ र २००६ को विश्वकप विजेता इटाली १९७० र १९९४ मा उपविजेता बनेको थियो ।
समग्रमा इटालीलाई १–० ले हराउँदै स्वीडेन रुस विश्वकप भने तय गरेको छ । सन् १९५८ को उपविजेतासमेत रहेको स्वीडेनले सन् २००६ को विश्वकप पछि पहिलो पटक छानिएको हो। १२ वर्षपछि विश्वकपमा पुनरागमन गर्ने क्रममा उपाधिको बलियो दाबेदार इटालीलाई हराउदै रूसकको यात्रा तय गरेको हो ।
स्विडेनको घरेलु मैदानमा १–० ले पराजित इटालीले आफ्नै घरेलु मैदानमासमेत गोल गर्न नसक्दा देशलाई नै निरास बनाएको हो । ७६ प्रतिशत ईटालीको नियन्त्रणमा रहेको बललाई जाली चुमाउन नसक्दामा हार भोग्नु परेको हो । ईटालीले २७ पटक पोष्टमा प्रहार गर्यो, ६ पटक सिधा प्रहार तथा ८ चोटी कर्नर किक हान्ने मौका पाउदा पनि गोल गर्न भने सकेन ।
घरेलु मैदानमा पराजित भएपछि इटालीका कप्तान तथा गोलरक्षक बुफोनले सन्यास लिएका छन्। ३९ वर्षिय बुफोनका लागि स्वीडेनसँग पराजय नै उनको अन्तिम अन्तर्राष्ट्रिय खेल बन्न पुग्यो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा