सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक २८ । राष्ट्रपति विद्या भण्डारीको संयुक्त राष्ट्र इमिरेट्स (युएई) को भ्रमणबाट दार्चुलाका कर्णबहादुर र धनमति बममा नयाँ आशा पलाएको छ।
२००३ देखि दुबईको अविर जेलमा रहेका धारी ५ दार्चुलाका अमर बमलाई माफी दिलाउन राष्ट्रपति भण्डारीले युएईका राष्ट्रपतिसँग कुरा गर्नेछिन् भन्ने उनीहरुको आशा छ। राष्ट्रपतिको भ्रमण तय भएदेखि नै कर्णले नेताहरुसमक्ष आफ्नो छोरा छुटाइदिन अनुरोध गरेका थिए।
उनले अहिलेसम्म छोरा अमरको मुद्दा लिएर राष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टाराई, केपी ओली र पुष्पकमल दाहाललाई भेटिसकेका छन्। ‘छोराको बिषय सारालाई थाहा छ,’ ७१ बर्षिय कर्णले कान्तिपुरसँग भने, ‘सरकारले पनि चासो दिएको छ। पक्कै यो बिषय राष्ट्रपतिले उठाउनुहुनेछ। र, मेरो छोरा आफ्नो देश फिर्नेछ।’
भारतीय ब्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भन्दै युएइको अदालतले दुई भारतीयसहित बमलाई मृत्युदण्डको फैसला सुनाएको छ। तर, बमले चलाएको गाडीमा गएर सेठ्ठीलाई गोली हान्ने भारतीय नागरीकद्वय मनोज मुदाना र करनसिंह राजपुतले अमर निर्दोष रहेको लिखित बयान दिएका छन्। अमर हत्या योजनाबारे बेखबर रहेको र गाडीमात्र चलाएको भनेर उनलाई माफी दिन उनीहरुले औंठाछाप गरेर निवेदन पनि दिएका छन्। तैपनि, अमर छुटेका छैनन्।
हत्यामा संलग्न भनिएका अन्य दुई जनाले बमबहादुर निर्दोष रहेको भनी दुबई अदालतलाई लेखेको पत्र। अमरलाई मृत्युदण्डको फैसाला सुनाइएको युएईस्थित नेपाली दूतावासले ४ बर्षपछि मात्रै थाहा पाएको थियो। दूतावास र परराष्ट्रले सुचना पाएपछि पनि उनको प्रतिरक्षा गर्न वकिल नियुक्त गरिएको छैन। ‘हत्यामा छोराको नियतवश संलग्नता नरहेको भनेर राष्ट्रपति–प्रधानमन्त्री सबैलाई भेटेर अनुनय गरेको छु,’ कर्णले भने, ‘आफु त डाँडापारीको घाम जस्तै भइसक्यो। कतिखेर डुबिन्छ थाहा छैन। अमरको आमा पनि छोराको मुख हेर्न नपाई बितिन्। मलाई अरु त होइन बुहारीको सार्है चिन्ता छ।’ विवाह गरेको २५ दिनमा अमर श्रीमती धनमतिलाई छोडेर वैदेशिक रोजगारीमा गएका थिए। ‘म उहाँलाई पर्खेर बसिरहेकी छु,’ धनमतिले भनिन्। आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा