सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २७ । एनआईसी एसिया बैंकले “एनआई सी एसिया अनलाइन बचत खाता” संचालनमा ल्याएको छ । इन्टरनेटको विकासले संसारलाई एउटै ठाउँमा सिमित गर्न सम्भव छ भन्ने अवधारणालाई आत्मसाथ गर्दे बैकले अनलाइन बचत खाता सञ्चालनमा ल्याएको हो ।
देश तथा विदेशमा रहेका ग्राहकहरुले घरमै बसि बसि शुन्य मौज्दातमै यो खाता खोलि खाता नंम्बर प्राप्त गर्न तथा अनलाईन मार्फत नै रकम जम्मा गर्न सक्नेछन् ।
अनलाइन बचत खाताको सुरुवातसँगै ग्राहकहरुले आफुले चाहेको बखतमा बैंकको वेबसाइट (http://www.nicasiabank.com) मा गई तुरुन्त खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सक्नेछन् । यस बचत खाताको सुरुवातसँगै देश विदेशमा रहेका ग्राहकहरुले उच्चस्तरीय बैंकिङ्ग सेवा प्राप्त गर्ने कुरामा बैंक विश्वस्त रहेको बैकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिनुभयो ।
निकै आक्रमक रुपमा सेवा तथा सुविधा विस्तारमा लागेको बैंकले हाल देशभर रहेका १३६ शाखा, ४ विस्तारित काउण्टर, १४१ एटीएम, ३ शाखारहित बैंकिङ्ग सेवा र ४०५ भन्दा बढी पिओएस मेशिनमार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रीत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
६ लाख ३० हजार भन्दा बढि ग्राहकहरुलाई आफ्नो सेवा प्रदान गर्दै आईरहेको यस बैंकले यस अनलाइन बचत खाता मार्फत देश तथा विदेशमा रहेका ग्राहकहरुलाई थप सेवा विस्तार गर्ने लक्ष्य लिएको बैकले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा