सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कतारको दोहा बैंक बीच विप्रेशण सम्बन्धी सम्झौता भएको छ । कतारको राजधानी दोहामा एक कार्यक्रम बीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट कार्यकारी अधिकृत राजन सिंह भण्डारी र दोहा बैंकका तर्फबाट कार्यकारी अधिकृत डा आर. सीथारमणले हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता बमोजिम अब कतार, दुबई, कुवेत, भारत, जापान, सिंगापुर, दक्षिण अफ्रीका, दक्षिण कोरिया, अस्ट्रेलिया, टर्की, बेलायत, क्यानाडा, बंगलादेश, लगायतका राष्ट्रहरुबाट दोहा बैंकको विप्रेशण प्रणाली (डी फास्ट) मार्फत नेपालमा पठाएको विप्रेशण रकम सरल र सहज रूपमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सबै शाखाहरु र ४ हजार भन्दा बढी सहायक प्रतिनिधिहरु रहेको सञ्जालबाट सरल र सहज रूपमा भुक्तानी पाउन सकिने छ ।
कार्यक्रममा कतारका लागी नेपालका राजदूत रमेश कोइरालाले उक्त सम्झौताले हुण्डी कारोबारलाई निरुत्शाहित गर्न कोशेढुंगाको रूपमा साबित हुने बताए । दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा आर. सीथारमणले सम्झौता पश्चात बोल्दै सम्झौता गर्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरुमा पनि परस्पर हितका लागी सिटिजन्स बैंकसँग सहकार्य गर्ने बताउनु भयो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले उक्त सम्झौतामा सहयोग गर्ने सबैमा धन्यवाद दिदै बैकले देशैभरी फैलिएर रहेका ६६ वटा शाखा, ६२ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवाप्रदान गर्दै आइरहेको जानकारी गराउनु भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा