सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महोत्तरी, कात्तिक २७। सडकमा फ्याँकिएको प्याकेटभित्रको विषादी सेवन गरेपछि घाइते भएका एकजना नाबालकको मृत्यु भएको छ । गौशाला नगरपालिका–८ बेलगाछीका रामविलाश ठाकुरका पाँचवर्षीय छोरा उद्धव ठाकुरको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको इलाका प्रहरी कार्यालय, गौशालाले जनाएको छ ।
त्यस्तै, ठाकुरकै कान्छा छोरा तीन वर्षीय उदय ठाकुरको सघन उपचारकेन्द्रमा राखेर उपचार भइरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । bप्रहरीले दिएको जानकारी अनुसार हिजो साँझ सडकमा खेल्ने क्रममा भेटिएको प्याकेटमा रहेको विषादीलाई खानेकुरा सम्झेर खाएपछि उद्धव र उदय गम्भीर बिरामी परेका थिए ।
उनको तत्काल प्राथमिक स्वास्थ्य केन्द्र, गौशालामा ल्याएता पनि समयमै चिकित्सक नआएपछि उनीहरुलाई जनकपुर अञ्चल अस्पताल लगिएको र त्यहाँँबाट उदयलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा