चुनाव अपडेट

यस वर्ष धान उत्पादनमा घट्दो


 November 13, 2017     सेतो खबर

कार्तिक २७ । यस वर्ष धान उत्पादन नबढ्ने कृषि कार्यालयले जनाएको छ । जिल्लाका केही क्षेत्रमा मौसम प्रतिकूल रहेको र केहीमा स्थानीय तह निर्वाचनले समयमा रोपाइँ हुन नसक्दा उत्पादन बढ्न नसकेको योजना शाखाका अधिकृत युकमणि भट्टराईले बताए ।

‘यो वर्ष रोपाइँ क्षेत्रफल बढेन, गत वर्षको तुलनामा केही कमै भयो, उत्पादन पनि उही अनुपातमा रहने आँकडा छ,’ उनले भने, ‘पहिले जस्तो खेती गर्ने चलन पनि घट्दै गएको छ ।’ जिल्लाका ९ वटै स्थानीय तहमा धानखेती हुन्छ ।

मुख्य गरेर भोजपुर र षडानन्द नगरपालिकामा बढी खेती गरिन्छ । हाल १९ हजार १ हेक्टर क्षेत्रफलमा यसको उत्पादन हुन्छ । विगतका वर्षमा औसत ५ प्रतिशतका दरले उत्पादन बढे पनि यस वर्ष नबढ्ने कार्यालयको भनाइ छ ।

Ime Inside



Ime Inside