सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कात्तिक २७ । इराक र इरानको सिमा क्षेत्रमा शक्तिशाली भुकम्प गएको छ । नेपाली समयअनुसार आइतबार राति १२ बजे ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक विभाग युनाइटेड स्टेट्स जिओलिजिकल सर्भे युएसजीएसले जनाएको छ । भूकम्पका कारण पश्चिम इरानमा कम्तीमा ६१ जना र इराकमा ४ जनाको ज्यान गएको छ भने ३ सय भन्दा बढि घाइते भएको बिबिसीले जनाएको छ ।
ईराक र ईरानको सिमा क्षेत्र हलाब्जा शहरको दक्षिणी भुभागलाई केन्द्र बनाएर गएको भुकम्पले राजधानी बग्दादसहित बिभिन्न क्षेत्रमा जोडदार कम्पन महसुस गरिएको थियो भने
धक्का कुवेत, युएईमा समेत महसुस भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएको छ ।
भुकम्पको गहिराई ३२ किलोमीटर भएको युएसजीएसले उल्लेख गरेको छ । इरानको रेड क्रिसेन्ट नामक संस्थाका प्रमुख मोर्टेजो सलिमका अनुसार कम्तीमा पनि ८ वटा गाउँहरुमा क्षति भएको र भुकम्पको धक्का कयौं प्रान्तमा महसुस गरिएको जनाएको छ ।
कुर्दिस टेलिभिजनले कयौं मानिस घर छोडेर भागेको उल्लेख गरेको छ । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा