सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक २६ २ एनआईसी एशिया बैंकले एकैसाथ २ नयाँ शाखा महाकाली नगरपालिका वडा नं। ०४, दार्चुला र सिद्घिचरण नगरपालिका वडा नं १२, ओखलढुङ्गामा विस्तार गरेको छ ।
एनआईसी एशिया बैंकले एकैसाथ २ नयाँ शाखा चन्दननाथ नगरपालिका वडा नं. ०५, जुम्ला र बर्दिबास नगरपालिका वडा नं ०१, महोत्तरीमा विस्तार गरेको छ ।
जुम्ला शाखाको समुदघाटन जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष श्री राम दत्त रावलबाट र बर्दिबास शाखाका महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष श्री प्रल्हाद क्षेत्रीले गनुभएको हो ।
समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमाएनआई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैकले आफ्नो ग्राहकवर्गहरुलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए।टि।एम। कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरुपनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा