सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक २६ । माओवादी केन्द्रका नेता बर्षमान पुनमाथि आज पनि आक्रमणको प्रयास भएको छ। रोल्पाबाट प्रतिनिधि सभा सांसद उम्मेद्वार पुनलाई चुनावी कार्यक्रममा जान लाग्दा दुई खोली गाउँपालिकाको चिउरी खोलामा ढुंगा प्रहार भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले उनको सवारीलाई लक्षित गर्दै फायर भएको जानकारी दिए । पुनलाई लक्षित गर्दै गोली चलेपछि प्रहरीले जवाफी फाइरिङ समेत गरेको थियो । यस लगत्तै वाम गठवन्धनले आफ्ना उम्मेदवारहरुको ज्यान लिन खोजको भन्दै आपत्ति समेत जनाएको थियो ।
त्यसमा संलग्न विप्लव नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि शनिवार पुनलाई लक्षित गर्दै एम्बुस आक्रमण भएको थियो । उनीसहित अन्य उम्मेदवार सवार गाडीमा समेत क्षति पुगेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा