सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुग्नुभएको समाचार छ । यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उहाँ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो पटक पुग्नुभएको चिनियाँ समाचार समिति, सिन्ह्वाले जानकारी दिएकोछ । यसअघि उहाँ दुई वर्षअघि औपचारिक भ्रमणका क्रममा भियतनाम पुग्नुभएको थियो । यस पटक पनि उहाँ सोही देशको डा नाङ् सहरमा एपेकको सम्मेलनका लागि जानुभएको थियो ।
उहाँ त्यहाँबाट औपचारिक भ्रमणका लागि आइतबार राजधानी हनोई पुग्नुभएको प्राप्त समाचारमा जनाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव समेत रहनुभएका राष्ट्रपति सिले हनोइमा रहँदा त्यहाँको कम्युनिष्ट पार्टीका महासचिव एनग्युन फु त्रोनसँग भेटवार्ता गर्नुहुने छ ।
उहाँले त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री, उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा कुराकानी गर्नुहुने समाचारमा जनाइएको छ ।रासस/सिन्ह्वा
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा