सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं, कार्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा चिहान फेला पारेको हो । गत महिना अघिसम्म यस क्षेत्र इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा थियो । चिहानमा आईएसले हत्या गर्नुअघि लगाइदिने गरेका पोशाक लगाएका शव समेत फेला परेका छन् ।
किरकुक प्रान्तका गभर्नर रकानले यस क्षेत्रलाई आईएसले हत्या गर्ने मैदानको रुपमा परिणत गराएको बताएका छन् । इराकी सेनाले आईएसको नियन्त्रणमा रहेका विभिन्न ७२ वटा सामुहिक चिहानबाट करिब १५ हजार शव फेला पारिसकेको छ । एजेन्शी
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा