चुनाव अपडेट

अमेरिकाले व्यापार असन्तुलन सहँदैन : राष्ट्रपति डोनल्ड ट्रम्प


 November 10, 2017     सेतो खबर

काठमाडौं, कात्तिक २४।  अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भियतनाममा भइरहेको एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) बैठकलाई शुक्रवार सम्बोधन गर्दै अमेरिकाले ‘दीर्घकालीन व्यापार दुरुपयोग’ लाई सहेर नबस्ने बताएका छन् । ‘स्वच्छ पारस्परिक व्यापार अनुपालन गर्ने हो भने’ एपेक मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको ट्रम्पले बताए ।

खुला व्यापारका कारण लाखौं अमेरिकी रोजगार धरापमा परेको र असन्तुलनलाई मिलाउन आफूले चाहेको उनले बताए । एसियाका पाँच देशको भ्रमणका क्रममा ट्रम्प भियतनाम आइपुगेका हुन् । एपेकमा प्रशान्त क्षेत्रका २१ अर्थतन्त्रहरू पर्दछन् र यसले संसारको कुल गार्हस्थ्य उत्पादनको ६० प्रतिशत बराबरको भाग समेट्छ । राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनविरुद्ध शाब्दिक आक्रमण गर्दै ‘सबै सदस्यले नियम पालन नगर्ने हो भने’ यसले ‘राम्ररी काम गर्न नसक्ने’ बताए ।

उनले व्यापार असन्तुलनको गुनासो गर्दै अमेरिकाले बजार अवरोधहरू घटाएको र करहरू अन्त्य गरेको तर अन्य देशले यस्तै नगरेको बताए । ‘यस्ता अभ्यासले हाम्रो देशका धेरै मानिसलाई चोट पु–याउँछन्,’ उनले सम्मेलनमा भेला भएका व्यापारिक र राजनीतिक नेताहरूलाई बताए ।

तर उनले एपेक देशहरूमा दोष थोपरेनन् र यसको साटो पूर्ववर्ती अमेरिकी प्रशासनले यो ट्रेन्डलाई उल्ट्याउन पहिल्यै काम नगरेको बताए । बीबीसी

Ime Inside



Ime Inside