सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कात्तिक २४। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने चीन भ्रमण पूरा गरेका छन् । चीनको भ्रमण सक्काएर शुक्रबार बिहान उनी भियतनाम प्रस्थान गरेका छन् ।
तीन दिने चीन भ्रमणका क्रममा ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग महत्वपूर्ण भेटवार्ता गरेका थिए । सीसँगको भेटमा अमेरिका-चीन सम्बन्ध सुदृढ बनाउँने कुरामा ट्रम्पले महत्वपूर्ण सहमतिहरु गरको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।
ट्रम्पले भियतनामको दा नाङमा हुने एसिया प्यासिफिक आर्थिक सहयोग(ईपीईसी)को २५ औं इकोनोमिक लिडर मिटिङमा सहभागी भई त्यसलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको बताइको छ । भियतनाम भ्रमणका क्रममा ट्रम्पले त्यहाँका राष्ट्रपति तान दाइ क्वाङसहित अन्य शीर्ष भियतनामी नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ ।
यसै कार्यक्रममा सहभागी हुनका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि शुक्रबार भियतनाम प्रस्थान गरेको सिन्हवाले जनाएको छ । ५ नोभेम्बरबाट एसियाका विभिन्न देशको भ्रमणमा निस्किएका ट्रम्प जापान, दक्षिण कोरिया हुँदै बुधबार चीन आइपुगेका हुन्।एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा