चुनाव अपडेट

अब ट्वीटरमा २८० अक्षरसम्म लेख्न सकिने


 November 8, 2017     सेतो खबर

काठमाडौं, कात्तिक २२। सामाजिक सञ्जाल ट्वीटरले १४० अक्षर बढाएर अब २८० अक्षरसम्म लेख्न सकिने व्यवस्था बनाएको छ। अहिले ट्वीटरमा १४० अक्षर मात्र लेख्न पाउने व्यवस्था छ। ट्वीटरले मंगलबार आधिकारिक रुपमा जानकारी दिँदै अबदेखि सबै ट्वीटर प्रयोगकर्ताले २८० अक्षरसम्म ट्वीट गर्न सक्ने बताएको छ।

सन् २००६ मा ट्वीटर सुरूवात भएदेखि नै १४० अक्षरमा ट्वीट गर्न सकिने व्यवस्था थियो। जापानिज, चाइनिज र कोरियन भाषा बाहेको अन्य भाषामा यो सुविधा उपलब्ध हुने ट्वीटरले जनाएको छ।

ट्वीटरले अंग्रेजी, स्पेनिस जस्ता भाषामा १४० अक्षरमा ट्वीटगर्न समस्या भएको भन्दै यसलाई बढाएर २८० सम्म पुर्‍याइएको जानकारी दिएको छ। एजेन्सी

Ime Inside



Ime Inside