सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक २१ । अनुष्का शेट्टी अभिनित भगामाथीको पोष्टर सार्वजनिक भएको छ । अनुष्का शेट्टीको जन्मदिनको अवसर पारेर फिल्मका निर्माताले उनको आगामी फिल्म भगामाथीको पोष्टर सार्वजनिक गरेका हुन । पोस्टरमा अनशुकाको लुगा रगतले भिजेको देखाइएको छ भने उनले एक हातमा रगत लागेकोे ह्यामर लिएका र अर्को हात भितामा हत्केलामा किला ठोकेको अवस्थामा देखाइएको छ । पोष्टरमा उनले आफुले आफैलाई पिडा दिएको देखाउन खोजीएको देखिन्छ । फिल्ममा ह्यामरले आफनै हातमा किलो ठोकेकोले दर्शक तथा शुभचीन्तकहरुमा अझ जिज्ञासा बढाएको छ ।
भगामाथीलाई जि अशोकले निर्देशन गरेका हुन । बाहुबली फिल्मको सफलतासँगै अनुष्काको चर्चा झन बढेको बेला उक्त फिल्मले राम्रो बजार लिनेमा निर्माण पक्ष आशावादी रहेको छ । फिल्म तेलुगु, तमिल र मलयालम भाषामा एकैसाथ प्रदर्शनमा आउने भएको छ ।
अनुष्काको मुख्य भुमिका रहेको उक्त फिल्ममा आधि पिनिसिटी, युनि मुकुन्दन र मलयालमका अभिनेता जयरामले अभिनय गरेका छन् । युभि क्रियशनकै ब्यानरमा बनेको उक्त चलचित्र प्रभास अभिनित आगामी चलचित्र साहो पछि प्रदर्शनमा आउने भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा