सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कार्तिक २०। चलचित्र कान्छीको गीत “चरी चट्ट परी” युट्युबको ट्रेन्डिङ नम्वर एकमा पर्न सफल भएको छ । ४ दिन अगाडि (नोभेम्वर २) मात्र युट्युबबाट रिलिज गरिएको कान्छीको पहिलो गीत “चरी चट्ट परी” गीत नम्वर एकमा पर्न सफल भएको हो । यो गीत अहिलेसम्म लाई ९ लाख ८३ हजार बढीले हेरेका छन् ।
युट्युवमा मार्फत सार्वजनिक गरिएको उक्त चलचित्रको ‘चरी चट्ट परी’ बोलको गीतमा श्वेता र दयाहाङ राईको नृत्य देख्न सकिन्छ।
राजराजन सिवाकोटीको शब्द, सङ्गीत, स्वर रहेको गीतमा गायिका अञ्जु पन्तले साथ दिएकी छिन् । भिडियोको कोरियाग्राफी वसन्त श्रेष्ठले गरेका हुन् । आकाश अधिकारी निर्देशित चलचित्र “कान्छी”मा दया दयाहाङ राई र श्वेताको साथमा अनु शाह, प्रज्जल सुजल गिरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र ‘कान्छी’ माघ २६ गते अल नेपाल प्रदर्शन हुँदैछ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको सिनेम्याटोग्राफी, शम्भुजित बास्कोटा, राजनराज सिवाकोटी र अर्जुन पोखरेलको संगीत छ । आकाश अधिकारी निर्देशित ‘कान्छी’मा श्वेता शीर्ष भूमिकामा प्रस्तुत भएकी छिन् भने दयाहाङसँगै वरिष्ठ कलाकार नीर शाह तथा नायिका अनु शाह, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ र आशान्त शर्मा लगायतको अभिनय रहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा