सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १५ । चलचित्र ‘फिर्के’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । ’ईकु’को नामले चर्चित सुलेमान शंकर फिर्के बनेर दर्शक सामु प्रस्तुत भएका छन् ।
आज एक कार्यक्रमका विच ‘फिर्के’ को प्रदर्शन मिति र पोस्टर एकैपटक सार्वजनिक गरिएको हो । रवि डंगोलको निर्देशनमा बनेको ‘फिर्के’ मा ओमलाल गुरुङ र राजेश श्रेष्ठको संयुक्त लगानीमा रहेको फिल्ममा निरबीको लेखन रहेको छ ।
आउँदो पुस १४ गते प्रदर्शनमा आउन लागेको ‘फिर्के’ मा ’ईकु’ सुलेमानको अलावा अर्पण थापा, ऋचा शमा, कृष्टिना पौडेल, विष्णु सापकोटा, ए गुरुङ, उज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा