सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ, कात्तिक १४ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँचजनाको उद्धार गरिएको छ ।
सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि पाँचजनाको उद्धार गरिएको हो ।
रुपाकोट मझुवागढी नगरपालिका–३ खाल्लेका राजेन्द्र खड्का, कर्णबहादुर खड्का र सोही नगरपालिका–१० पाथेकाका धनकेशर गिरी, उदयपुरका प्रकाश राई र दाङका विशाल चौधरीको उद्धार गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)का परामर्शकर्ता अम्बिका दाहालले जानकारी दिइन् ।
‘योङ म्यानपावर कम्पनी’बाट मासिक ११०० रियाल तलबमा सिकर्मीको रुपमा ६ महिना अघि कतार पुगेका धनकेशरले हेल्परको काम दिनुका साथै चारमहिनासम्म तलब नदिएको भन्दै उद्धार गरिदिन सामी परियोजनाको दिक्तेलस्थित कार्यालयमा सम्पर्क गरेका थिए । ठगीमा परेका गिरी स्वयंले टेलिफोन सम्पर्क गरी आफन्तमार्फत सामीमा कागजात उपलब्ध गराएका थिए ।
यस्तै, ‘इन्टरनेशनल जब लिंक म्यानपावर’ कम्पनीबाट जनही रु ७० हजारका दरले रकम बुझाएर नौ महिना अघि कतार पुगेका खाल्लेका खड्कालाई पछिल्लो चारमहिना लगातार तलब नदिएको बताइएको छ ।
गत असारदेखि तलब नपाएपछि घरमा सम्पर्क गरी सूचना तथा परामर्श केन्द्रमा कागजात पु¥याइ उद्धारका लागि पहल गरिदिन आग्रह गरिएको थियो । वैदेशिक रोजगारीमा जानु पूर्व घरमै छाडिएको कागजपत्रको प्रतिलिपि परिवारमार्फत उपलब्ध भएलगत्तै वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेको करिब एक सातामै उनीहरुलाई नेपाल फर्काइएको परामर्शकर्ता दाहालले बताइन् ।
ठगिएका पाँचै जनालाई सूचना तथा परामर्श केन्द्रको समन्वय तथा निःशुल्क कानूनी सहायता प्रदान गर्ने संस्था पिपुल्स फोरमको सहयोगमा मुद्दा दर्ता गरिएको थियो । ठगीमा परेर नेपाल फर्किएकामध्ये खाल्लेका कर्णबहादुर र राजेन्द्रले कतार जाँदा बुझाएको जनही रु ७० हजार एजेन्टले फिर्ता गरिदिने सर्त राखेको बताइएको छ ।
ठगीमा पर्ने अन्य तीन जनाको हकमा थप अनुसन्धान गर्ने काम भइरहेको सामीले जनाएको छ । उद्धार गरिएका उनीहरुले काठमाडौं आएलगत्तै क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइएको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा