सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कात्तिक १३ । नायिका ऋचा शर्मा अभिनित फिल्म ‘सुनकेशरी’ को पहिलो झलक सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक पोष्टर निकै डरलाग्दो बनाइएको छ । सार्वजनिक फिल्मको पहिलो पोस्टरमा नायिका शर्माको डरलाग्दो रुपलाई देख्न सकिन्छ । ‘को आफ्नो’ पछि ‘सुनकेशरी’मा ऋचा यस प्रकारको फरक भूमिका गरेकी हुन् ।
अर्पण थापा निर्देशित सुनकेशरीको सबै छायाँकन अष्टे्रलियामा गरिएको छ । भीम न्यौपानेसँग सहकार्य गरेर ऋचाले ‘सुनकेशरी’ निर्माण गरेकी हुन् । यस अघि फिल्म निर्देशक थापासँग मिलेर ऋचाले ‘आधा लभ’ निर्माण गरेकी थिइन् ।
फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी र अर्पण थापा छन् । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा