सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इन्टरनेट सुरक्षा र गोपनियता सम्बन्धमा आवश्यक पूर्वाधार तथा नीतिको अभावले नेपालमा सरकारी तथा निजी सूचना चोरी हुन सक्ने जोखिम रहेको विज्ञहरुले चेतावनी दिएका छन् । सूचना चोरी हु“दा राष्ट्र, संस्था र व्यक्तिलाई घाटा हुने भन्दै उनीहरुले यसबाट जोगिन क्षमता अभिवृद्धिदेखि कडा ऐन र नियम आवश्यकता रहेको औंल्याएका छन् ।
विद्युतीय विश्वव्यापी सञ्जाल इन्टरनेट प्रविधिको माध्यमबाट आउने सूचनाहरु पूर्ण रुपले सुरक्षित राख्नु राज्यको दायित्व भएको बताइन्छ । तर त्यससम्बन्धी ऐन तथा तत्काल काम गर्न सक्ने जनशक्ति तयार पार्न ढिलाई भएको अनुसन्धान अधिकारीहरु स्विकार्छन् ।
उनीहरुका अनुसार इन्टरनेट सञ्जालमार्फत विद्युत प्रसारण लाइन, अस्पताल व्यवस्थापन, सरकार तथा वित्तिय संस्थाका कामकाज, टेलिकम सञ्जाल लगायत महत्वपूर्ण काम सञ्चालित हुन्छन् । यी काममा इन्टरनेटबाट कसैले आघात पुर्याए राष्ट्रलाई ठूलै सुरक्षा खतरा हुने नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल बताउछन् ।
उनले तत्काल सामना गर्ने स्थिति नबनेपनि भविष्यका लागि सोच्नुपर्ने बताउछन् । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्छन्, ‘कुनै पनि इन्सिडेन्ट भयो भने साइबर स्पेसमा नेपालमा तत्कालै कुनै व्यक्ति वा संस्थालाई वा राज्यलाई आघान पुग्ने गरी घटना भयो भने तत्काल रेस्पोन्स गर्ने क्ष्ँमता वा कानुनी व्यवस्था हामीसँग छैन ।’
प्रयोगकर्ताले सावधानी अपनाउन नसक्दा गत वर्षभन्दा यो वर्ष साइबर अपराधका घटना बढेको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका एसपी रविन बस्नेत बताउछन् । आजकल साइबर अपराधका उजुरी दिने घटना बढिरहेको बताउदै उनले बढी सामाजिक सञ्जालबाट हुने अपराधका घटना बढी आउने गरेको जानकारी दिए ।
आफ्नो व्यक्तिगत सुरक्षा हुन्छ या हुन्न केही थाहा नभइकन विभिन्न सफ्टवेयर प्रयोग गर्ने तथा जथाभावी लिकंमा प्रवेश गर्नाले समस्या आएको सूचना प्रविधि विभागका निर्देशक सुवास ढकाल बताउछन् ।
राष्ट्रका लागि सूचना प्रविधिमा पूर्ण रुपमा गोपनियता र सुरक्षासम्बन्धी सवाल सम्पूर्ण सरकारी विवरण सिंहदरबारमा भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रको डेटा सेन्टरमा राखिएको ढकालले बताए ।
उनले नेपालमा इन्टरनेट सुरक्षा कायम राख्न अग्रसर भएको जानकारी दिए । भन्छन्, ‘कानुन बनाउने, टेक्निकल टिम बनाउने र सेक्युरिटी र प्राइभेसीमा युजरहरुको अवेयरनेसको लेभल म्यासिभ स्केलमा बनाउन गरी काम गरिरहेका छौं ।’ बिबिसी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा