सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नायिका केकी अधिकारीले फिल्म निर्माण गर्ने भएकी छन्। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो। केकी अधिकारीको फिल्म प्रोडक्सन कम्पनी ‘जुनकिरी आर्ट्स’को ब्यानरमा निर्माण हुन लागेको फिल्मको नाम ‘कोहलपुर एक्सप्रेस’ राखिएको छ। यस फिल्मलाई म्युजिक भिडियो निर्देशक विशाल भण्डारीले निर्देशन गर्दै छन्।
कार्यक्रममा बोल्दै केकीले फिल्म तीन युवाहरूको कथामा आधारित रहेको बताइन्। भनिन्, ‘आफ्नो सपना पूरा गर्नका लागि लागिपरिरहेका तीन कलाकारको कथा हो, कोहलपुर एक्सप्रेस।’ फिल्म क्षेत्रलाई बुझेदेखि नै फिल्म निर्माण गर्ने मन भएकाले त्यो सपना परा गर्नका लागि फिल्म निर्माणमा हात हालेको केकीले बताइन्।
‘मैले जब फिल्म क्षेत्रलाई बुझेँ, त्यही बेलादेखि नै फिल्म निर्माण गर्ने सोच थियो, त्यो सपना आज आएर पूरा हुँदै छ’, उनले भनिन्। कत्तिकको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’मा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्धि तामाङ, रवीन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराईलगायतको अभिनय रहनेछ।
शान बस्नेतको लेखन, अर्जुन तिवारीको छायांकन, लोकेश बज्राचार्यको सम्पादन रहने फिल्ममा केकीसँगै भद्रबहादुर शाही, देवीलाल न्यौपाने, शिवप्रसाद चौलागाईंको लगानी रहनेछ। फिल्ममा राजनराज सिवाकोटी, अर्जुन पोखरेल, कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ। फिल्मको छायांकन कात्तिक १३ गतेबाट हुनेछ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा