सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज, असोज २५। अमेरिकाबाट पठाइएको राहत समाग्री सप्तरीको तिलाठी कोइलाडीका बाढीपीडित एकल महिलालाई मंगलबार वितरण गरिएको छ । अमेरिकामा रहेका भारतीय तथा नेपाली नागरिकबाट संकलन गरिएको राहत जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकामा रहेका करिब २५५ जना एकल महिलालाई राहत वितरण गरिएको सक्षम फाउण्डेशन नेपालका संयोजक सुजित सिंहले बताए ।
उनीहरुलाई ३० केजी चामल, दुई केजी दाल, एक प्याकेट नुन, दुई थानका दरले, नुहाउने र लुगा धुने साबुन र एक थान बालटिनलगायतका राहत सामग्री वितरण गरिएको संयोजक सिंहले जानकारी दिए ।
त्यस्तै, चारवटा खानेपानी ट्युबवेलसमेत वितरण गरिएको छ भने बाढीबाट स्थानीय हरेराम सिंहको घर पूर्णरुपमा क्षतिग्रस्त भएकाले उनको परिवारलाई रु १० हजार आर्थिक सहयोगसमेत गरिएको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा