सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
३१ जेठ – काठमाडौं, दोस्रो चरणको चुनावपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गर्ने भएका छन् । कृष्णबहादुर महराले नेपालका लागि भारतीय राजदूत मञ्जिपसिंह पुरीसंग बुधवार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले चुनाव पछि भारत भ्रमण गर्ने संकेत गरेका हुन् ।
‘भेटमा भरतीय राजदूत पुरीले परराष्ट्रमन्त्री महरालाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारत भ्रमणको निम्तो दिनुभएको बताउँदै सो विषयप्रति विचार गरिदिन अनुरोध गर्नुभयो’ राष्ट्रिय समाचार समितिले लेखेको छ, ‘जवाफमा परराष्ट्रमन्त्री महराले दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनपछि हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सिलसिलामा आफू भारत आउने प्रयास गर्ने बताउनुभयो ।’
नेपालका प्रधानमन्त्रीले विदेश भ्रमणको शुरुमा भारत भ्रमण गर्ने प्रचलन छ । प्रधानमन्त्रीको भारत भ्रमणको अहिलेसम्म औपचारिक निर्णय भएको छैन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा