सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मनाङ, ३० जेठ । हिमालपारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिका वडा नं ६ मा रहेको गङ्गापूर्ण ताल दिनानुदिन साँघुरिँदै गएको छ ।
गङ्गापूर्ण हिमालको फेदीमा रहेको यो ताल हिमालको फेदीबाट आएको हिमनदीको हिउँ पग्लिएर पहिरो जाने गर्छ । यस्तो हिमपहिरोसँगै बगेर आउने ढुङ्गा माटोले ताल पुरिँदै गइरहेको छ । तालको वरिपरि रहेका हिमनदीका हिउँ पग्लिएर कालापत्थरहरु उजाड देखिन थालेका छन् । झनै हिमपहिरोबाट बगेर आएका बगरहरुले तालको शोभा घटाउनुका साथै तालको आकार साँघुरो पार्दै लगेको छ ।
अन्नपूर्ण पदमार्गमा आउने पर्यटक मनाङ गाउँ आएपछि दुईदिन आराम गर्दा यस तालको वरिपरि गएर हिमनदी र अन्नपूर्ण दोस्रो, तेस्रो र चौथो हिमशृङ्खलाको अवलोकन गर्ने गर्छन् । यस्ता प्राकृतिक सम्पदाको जगेर्नामा राज्यको ध्यान पुग्नुपर्ने स्थानीयवासी बताउँछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा