सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौ, चैत १७ – हुण्डाई मोटर्सका लागी नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले ग्राण्ड आई १०’ गाडी सार्वजनिक गरेको छ । कम्पनीले मिस नेपाल २०१६ की अस्मी श्रेष्ठको उपस्थितिमा बिहीबार ‘नयाँ फेस लिफ्ट ग्राण्ड आइ १०’ सार्वजनिक गरेको हो ।
कम्पनीका महाप्रबन्धक रुपेश शर्माले बजारमा रहेका पोला, स्विफ्टलगायतका गाडीको सेगमेन्टमा सिधै प्रतिस्पर्धा हुने बताए । उनले ग्राण्ड आई १० ले बजारमा आफ्नो छुट्टै स्थान कायम गरेको हुँदा नयाँ २०१७ ग्राण्ड आइ १० ले पनि बजारमा उपस्थिती जनाउने अपेक्षा राखे ।
नयाँ फेस लिफ्ट ग्राण्ड आइ १० का एक्सटेरियर स्टाइल, हाइटिच फ्युचरर्ससँगै इम्प्रुभड पर्फमेन्स र फ्युल इफिसेन्सी प्रमुख विशेषता रहेका छन् । नयाँ गाडीको इक्सटेरियर बोल्ड, सपोर्टी र डायनामिक रहेको छ भने इन्टेरियर आरमदायी रहेको छ । गाडीको अगाडीको भागमा नयाँ बम्पर र नयाँ एलइडी डीआरएलएस समेत रहेको छ । इन्धन खपतमा समेत प्रभावकारी भनिएको यो गाडीको म्याग्ना सिरिजको मुल्य २६ लाखदेखि ३० लाख ९६ हजारसम्म रहेको छ ।
त्यस्तै स्पोर्टिजको २८ लाख देखि ३४ लाख ५६ हजार रहेको छ । साथै आस्टा गाडीको मुल्य ३२ लाख ५६ हजार रहेको कम्पनीले जनाएको छ । जुन गाडी नेपाली बजारमा राम्रो बजार ओगट्ने विश्वास गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा