सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखी विहान ६ बजेदेखी अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने आदेश गरेको छ ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सुचना जारी गरी पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको छानबिनमा रहेका कार्यक्रम प्रस्तोता रबि लामिछाने लगायतको रिहाइको माग राख्दै उनका समर्थकले हुलदंगा र अशान्ति हुन सक्ने भन्दै उक्त आदेश दिएको हो । राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार प्रशासनले तोकेको चार किल्ला भित्र हुलदंगा, अशान्ति पैदान गर्न खोजे कडा कारवाही गरिने चेतावनी दिइएको छ ।
पूर्वमा वाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा पूर्वपश्चिम लोकमार्गको समगण्डकी अस्पताल चोकदेखि चौविस कोठी चोकसम्म निषेधाज्ञा जारी गरिएको हो ।
त्यसै गरी उत्तरमा वाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक नारायणी मा.वि.चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम लोकमार्गको चौविसकोठी चोकसम्म र दक्षिणमा वाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको समगण्डकी अस्पताल चोकसम्म निशेधाज्ञा जारी गरिएको हो ।
आइतबार टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दा दर्ता भएपछि चितवन अस्पताल रोड तनावग्रस्त बनेको थियो ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दै दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको थियो ।
झडपमा प्रदर्शनकारीसहित केही प्रहरी घाइते भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा