सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा तीन दिनभित्र उपलब्ध गराउने भएको छ।
कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरूपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरूलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको हो।
अब उक्त कर्जा लिन चाहने व्यक्तिले आवश्यक कागजात बैंकमा पेस गरेको ३ दिनभित्र बिना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न बैंकले जनाएको छ। लक्षित ग्राहकले यो कर्जा सुविधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखामार्फत छिटो छरितो रुपमा उपभोग गर्न बैंकले जारी गरेकी विज्ञप्तिमा उल्लेख गरिएको छ।
यो सेवाअन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना व्यसायीलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाखदेखि ६ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइने छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा