सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । कार्यकारी अधिकार पाएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अधिकार पहिलो पटक सचिवालय बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पनि बैठक बोलाउने अधिकार पाएसँगै ओलीको अनुपस्थितिमा प्रचण्डले बैठक आह्वान गर्नुभएको हो ।
पार्टी एकता भएको झण्डै १५ महिनापछि प्रचण्डले बैठकको अध्यक्षता गर्न लाग्नुभएको हो । बैठक पार्टी कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो १ बजेका लागि डाकिएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कपी शर्मा ओली उपचारका लागि भदौ ५ गते सिंगापुर जानुभन्दा अगाडि बसेको नेकपाको सचिवालय बैठकले अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बसि सांगठनिक एकता र अन्य निर्णयहरू गर्ने सहमति भएको थियो । सोही निर्णय अनुसार प्रचण्डले सोमबार सचिवालय बैठक बोलाएका हुन् ।
बैठकमा महानगर अध्यक्ष तथा सचिवका साथै प्रवास कमिटीबारे छलफल हुने तय भएको छ । यसअघि दुवै अध्यक्षको सहभागितामा मात्रै बैठक बस्ने गरेको थियो । अर्का अध्यक्ष ओली अहिले उपचारका लागि सिंंगापुरमा हुनुहुन्छ ।
पार्टीमा कार्यकारी अधिकार पाएसँगै अध्यक्ष प्रचण्डको सक्रियता बढेको छ । प्रचण्डले अन्य तहका नेताहरुसँग पनि भेटघाट र छलफल गरेका छन् । शुक्रवार वरिष्ठ नेता माधव कुमार नेपाललाई आफनै निवासमा छलफल गरेका थिए । त्यस्तै, आईतबार बिहानै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सितलनिवासमा भेट गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा