सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको मुद्दा दर्ता भएपछि चितवन अस्पताल रोड तनावग्रस्त बनेको छ । रविका समर्थक र प्रहरीबीच झडप भएको छ ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दै दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ । प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।
झडपमा प्रदर्शनकारीसहित केही प्रहरी घाइते भएका छन् ।
यता, काठमाडौंको माइतीघर मण्डलामा पनि रविका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । आइतबार चितवन सरकारी वकिलको कार्यालयले रविसहित तीन जना विरुद्ध मुद्दा दायर गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा