सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । विराटनगरमा शनिबार साँझ निकालिएको राधाकृष्ण रथयात्राका क्रममा लुटपाट गरेको आरोपमा ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। उक्त रथयात्राको क्रममा लुटपाट गर्नेमध्ये १२ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
ति लुटेराहरुले रथयात्राको क्रममा मेला हेर्न आएका भक्तजनहरुको बहुमूल्य सुन, चाँदीका गरगहना, नगद तथा पर्स लुटिएका थिए।
लुटेराहरुको साथबाट सुनको सिक्री ३ थान, विभिन्न कम्पनीका मोबाइल २० थान, चाँदीको बाला १ थान, जेन्स पर्स ४ थान, लेडिज पर्स १ थान र नगद १२ हजार फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउंजुले जनाइएको छ ।
प्रहरीले पक्राउ गरेका ८४ जना मध्ये ७ जनालाई शनिबारनै आफन्तको जिम्मामा लगाइएको छ भने, ७७ जना मध्ये १९ जनालाई चोरी, चोरी गर्ने उद्योग र अभद्र मुद्धा शिर्षकमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाइएको छ ।
प्रहरीले उनीहरु पेसेवर चोरीमा संलगन रहेकाले मुद्धा चलाइएको जानकारी दिए । प्रहरी नायव उपरिक्षक खिउंजुका अनुसार बाँकी रहेका ५८ जनालाई आइतबार आफन्तको जिम्मा लगाइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा