सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल बङ्गलादेश बैंकले एकसाथ ६ शाखा संचालनमा ल्याएको छ । बैंकले ललितपुरको सानेपा, काठमाण्डौँको टोखा र तिलगङ्गा , भक्तपुरको च्यामासिङ , दाङको तुल्सीपुर र सिन्धुपाल्चोकको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर सञ्चालनमा ल्याई औपचारिक कारोबार शुभारम्भ गरेको छ ।
बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो। साथै शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।
यी ६ शाखाहरु सहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दे आईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा