सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारी बिच आईतबार बिहान शितनिवासमा भेटवार्ता भएको छ।
उक्त भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएकी छन् । प्रचण्डले राष्ट्रपतिसँगको भेटपछि त्यसबारे केही नेतालाई ब्रिफिङ् गरेका थिए ।
दुई अध्यक्ष मिलेमात्रै पार्टी सहि दिशामा जाने भन्दै राष्ट्रपति भण्डारीले सहमतिमा अगाडि बढ्न प्रचण्डलाई सुझाव दिइन् । उक्त भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि सामान्य छलफल भएको थियो ।
प्रचण्डले पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउन समेत भूमिका खेलेको बताउने गरिएको छ । उनले भदौ ५ गते बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको अनुपस्थितिमा पनि बैठक बोलाउने र एकीकरणका बाँकी काम टुङ्ग्याउने निर्णय गरेको थियो ।
प्रचण्डले पार्टी एकताको १५ महिनापछि कार्यकारी अधिकार पाएका हुन् । यसैक्रममा, प्रचण्डले केही दिनमै सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा