सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले भदौ ६ गते सामूहिक राजीनामा दिएका थिए । उनीहरुले अहिले काममा फर्कनको लागि प्रशासनमा ८ बुँदे मागलाई अघि सारिएको छ ।
उनीहरुले उपकुलपतिलाई अबको २४ घण्टा सम्म माग सम्बोधन गर्ने या राजीनामा स्वीकृत गर्ने दुई मध्ये एक विषयको टुङ्गो लगाउन माग गरेका छन् । उनीहरुले माग सम्बोधन नभएको खण्डमा आकस्मीक बाहेकका अरु सेवा ठप्प पार्ने जनाएको छ ।
प्रतिष्ठान दाङका २५ जनामध्ये २२ जना चिकित्सकले प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको भन्दै सामूहिक राजीनामा दिएका थिए ।
आइतबार राजीनामा दिने टोलीले एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले ८ बुँदे मागलाई सम्बोधन गरेमा मात्र आफूहरु काममा फर्कने बताएका छन् ।
चिकित्सकहरुले ८ बुँदे मागमा चिकित्सकलाई डरधम्की मानसिक यातना नदिई करार अवधिभर सहज काम गर्न सक्ने वातावरण मिलाउनु पर्ने, ऐन बमोजिम बिदा पाउनुपर्ने, बर्खास्त डा. मनोज यादवलाई स-सम्मान पुर्नबहाली गर्नुपर्ने र अस्पतालको विकास गर्ने विषयमा एकलौटी निर्णय गर्ने परिपाटीलाई बन्द गर्नुपर्ने लगायत विषय उल्लेख गरिएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा