सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल। आइतबार बिहान बुटवलमा पत्रकारहरुसँग भएको कुराकानीमा साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले गणतन्त्रमाथि पूर्वराजाबाट कुनै खतरा नभएको जनाइएका छन् ।
संयोजक मिश्रले तत्कालै दलका नेताहरुले पूर्वराजाका कारणले गणतन्त्र खतरामा परेको भन्ने अभिव्यक्ति गतल भएको दाबी गरेका छन् ।
संयोजक मिश्रले पत्रकारहरुसँग कुराकानी गर्दै भने, ‘गणतन्त्रमाथि खतरा आयो भन्ने नेताहरु अभिव्यक्ति आफ्ना कमिकमजोरी ढाकछोप गर्ने प्रयासको मात्र गरेको हो’।
यसैक्रममा, उनले दलका नेताहरुको अभिव्यक्तिलाई ‘नाच्न नजान्ने आगन टेढो’ को संज्ञा समेत दिएका छन् ।
संयोजक मिश्रले पूर्वराजा र राजतन्त्रवादीहरुको गलत क्रियाकलापका कारण राजतन्त्र अन्त्य भएको बताएका छन् । उनले वर्तमान सरकार र केही गणतन्त्रवादी नेताहरुका कमि कमजोरीका कारण गणतन्त्र खतरामा पर्न सक्ने टिप्पणी गरेका छन् ।
दुई तिहाई बहुमतको सरकार बनेपछि जनता मुलुक स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढ्छ भन्ने विश्वासमा रहेपनि मुलुक स्थायित्व र समृद्धितर्फ एक कदम पनि अगाडि बढ्न नसकेको बताएका छन् । उनले अब जनताले आफ्नो मन र मत बदल्नुपर्ने बेला आएको जनाए ।
उनले पुराना दलहरुबाट मुलुकको समृद्धि सम्भव नभएको भन्दै साझा पार्टीसँग मुलुकको समृद्धिको स्पष्ट खाका रहेको दाबी गरेका छन्।
यसैगरी आफ्नो पार्टी सरकारको नेतृत्वमा पुगे २०४६ साल पछिका राजनीतिक दलका नेताहरुको सम्पत्ति छानबिन गर्ने र पार्टीगत रुपमा खोलिएका कर्मचारी संगठन खारेज गर्ने समेत बताएका छन् ।
संयोजक मिश्रले रवी लामिछानेको समर्थनमा भैरहेका प्रदर्शनबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मुलुकमा कानूनी राजप्रति जनताको अविस्वासको संकेतको रुपमा यसलाई आफूले लिएको बताएका छन् ।
उनले अर्को प्रसंगमा थपे, ‘कसैको विरोध र समर्थनमा नारा जुलुस गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार हो । तर, कुनै घटनाको बारेमा भिडबाट निर्णय गर्ने अधिकार भने कसैलाई हुँदैन’ ।
सोहि कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले राजनीतिक दलहरुको कमि कमजोरीका कारण उत्पन्न समस्या जनताले बिस्तारै बुझ्दै जान लागेको जानकारी दिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा