सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवन लगिएको छ ।
आज बिहान १० बजे उनिहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले दोस्रो पटक पाँच दिनको म्याद थपेको आज सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सम्भवतः आजै रविसहित ३ जनाविरुद्ध अभियोग पत्र दायर हुने जनाएको छ ।
प्रहरीले अनुसन्धानको फाइल तयार गरेको र तिनै जनाविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि आज बहस नसकिए भोली पनि बहस जारी रहने सम्भावना रहेको छ ।
जाहेरीवालाको तर्फबाट ५ जना वकिलले तथा प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्ने भएका छन् । त्यस्तै आरोपी अस्मिता कार्की तर्फबाट पनि छुट्टै ३ जना वकिलले बहस गर्ने भएको छ ।
बहस सकिएपछि मात्र उनीहरु रिहा हुने नहुने बारे निर्णय हुने बताइएको छ ।
यसअघि नै ३ जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले ५–५ दिन गरी २ पटक १० दिनका लागि म्याद थप गरेको थियो । तीन जनाविरुद्ध थपिएको १० दिनको म्याद पूरा भएपछि आइतबार प्रहरीले उनीहरुलाई जिल्ला अदालतमा उपस्थित गराउने छ ।
गत साउन २० गते नुवाकोटका पत्रकार पुडासैनीले चितवनको होटलमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नु अघि पुडासैनीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीले आफुलाई मर्न वाध्य पारेको भिडियो सार्वजनिक भएसँगै प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई गत बिहीबार पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा