सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । बलिउड अभिनेत्री सनी लियोनी फिचर्ड नेपाली चलचित्र ‘पासवर्ड’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
आगामी भाद्र २७ गते रिलिज हुने ‘पासवर्ड’ मा अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ ।
फिल्ममा करिब २ करोड रुपियाँ खर्च गरेर बलिवुड अभिनेत्री सनी लियोनी एक आइटम गीतमा फिचर्ड रहेकी छन् भने गीतको भिडियो बनाउन ३ करोड खर्च भएको दावी निर्माण पक्षको छ।
लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको छ । चलचित्रमा समावेश हुने ‘सनी हो नाम मेरो’ बोलको गीतमा सनीले नृत्य गरेकी छिन् भने कोरियोग्राफर बिष्णु देभाले गीतको निर्देशन गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा दुर्गा खरेलको स्वर रहेको छ ।
एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा सम्राट बस्नेत, विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।
चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा