सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ललितपुर । भाद्रकृष्ण अष्टमीका दिनमा प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वमा आज भगवान् श्रीकृष्णको पूजा आराधनाका साथै मनाइएको छ ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिन कृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ सन्तानको रुपमा भगवान् कृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।
यसैक्रममा, भगवान् कृष्णको जन्माष्टमीको अवसरमा ठाउँठाउँमा कृष्णका भक्तजनहरुले माटोको भाडो फर्ने गर्दछ । माटोको भाडोलाई उचाइमा झुण्ड्याइन्छ र त्यो फोर्न प्रतिस्पर्धा गर्ने चलन रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा