सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरिकामा प्रिन्ट मिडियामा आएको संकट बिच फेसबुकले खबर सम्प्रेशन गर्नको लागी अलगोरिदम को ठाउँमा पेशागत पत्रकारहरुको नियुक्ति गर्ने निर्णय गरेको छ, जसलाई विशेषज्ञहरुले सरहना गरेका छन तर यसबाट संकटग्रस्त मिडिया उद्योगमा धेरै विकास नहुने तर्क पनि उठेको छ ।
फेसबुकले मंगलबार भनेको छ कि उ राष्ट्रिय स्तरको ठुला चुनावको लागी पत्रकारहरुको एउटा सानो टिम बनाउनेछ ताकि यो सुनिश्चित गर्न सकियोस कि हामी सत्य तथ्य समाचार अगाडि ल्याउदैछौ ।
यो अन्तर्गत अब समाचार, पारम्पारिक न्युज फिडको ठाउँमा न्यूज ट्याब नामक सेक्शनमा देखिनेछ ।
फेसबुक पत्रकार समाचार साइटबाट खबर चुन्न सकिनेछ र त्यसको शिर्षकहरु तथा सामाग्रीहरु भने बदलिने छैन ।
फेसबुकले जनवरीमा घोषणा गरेको थियो कि उ पत्रकारिताको सहयोगको लागी विशेषगरी स्थानीय समाचार संगठनमा तिन बर्षमा ३००० लाख अमेरिकी डलरको लगानि गर्नेछ ।
अमेरिकामा सोशल मिडियाको बड्दो प्रभाव बिच प्रिन्ट मिडिया संकटका सामना गरिरहेको छ र समाचार पत्रको ठाउँमा सोशल मिडिया प्लेटफर्मले लिइरहेको छ ।
गएको १५ बर्षमा अमेरिकामा करिब २००० अखबार बन्द भईसकेका छन्, जसले गर्दा मानिसहरुले स्थानीय घटनाको जानकारी राम्रो सँग पाउन सकेका छैनन् ।
प्यू अनुसन्धान केन्द्रको पछिल्लो बर्ष जारी सर्बे अनुुसार २००८ देखी ३०१८ सम्म अमेरिकी समाचार पत्रमा काम गरीरहेका पत्रकारको संख्या ४७ प्रतिशतले कमी आएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा