सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ ।
आईसीसीले सार्वजनिक गरेको एक दिवसीय नयाँ वरियतामा एक स्थान तल झरेर नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १५औँ स्थानमा थियो ।
नयाँ बरियताअनुसार १५औं स्थानमा भने ओमान आइपुगेको छ । वरियताको शीर्ष स्थानमा इङल्याण्ड छ भने दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौथोमा अष्ट्रेलिया, पाँचौँमा दक्षिण अफ्रिका, छैटाँैमा पाकिस्तान र सातौँ स्थानमा बङ्गलादेश छ ।
टी–ट्वान्टी वरियतामा भने नेपाल एघारौँ स्थानमा यथावत छ । टी–ट्वान्टी वरियतामा नेपालभन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड छन् ।
टी–ट्वान्टी वरियतामा पाकिस्तान पहिलो स्थानमा छ भने इङल्याण्ड दोस्रो र दक्षिण अफ्रिका तेस्रो स्थानमा छ ।
भारत अष्ट्रेलिया, न्यूजिल्याण्ड र अष्ट्रेलिया क्रमशः चौथो पाँचौँ, छैटाँै र सातौँ स्थानमा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा