सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नायिका नम्रता श्रेष्ठको लगानी समेत रहेको चलचित्र ‘जाइरा’ आजदेखि प्रदर्शनमा आएको छ । रिलिजअघि राम्रै चर्चा कमाएको यो फिल्म सोलो प्रदर्शनमा आएको हो ।
प्रायः नेपालमा दुई फिल्म रिलिज हुने अवस्था आइरहेका बेला ‘जाइरा’ ले भने यो शुक्रबार एक्लै रिलिजको मौका पाएको छ ।
चलचित्रमा नम्रताले मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन्। यो चलचित्रमा नम्रताका साथमा अनुपविक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, श्रृजना रेग्मी, सुजाता श्रेष्ठ लगायतको अभिनय छ।
नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा निर्माण भएको ‘जाइरा’लाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन्। आशुतोषको कथा रहेको चलचित्रमा आशुतोष र निरोज महर्जनको पटकथा छ।
प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रले बदताको कथा भन्छ। चलचित्रमा बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा सम्राट बस्नेतको द्धन्द्ध छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा