सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सोमबारदेखि ललितपुरमा सुरु भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिता अनर्तगत आज अर्थात शुक्रबार नेपालले पाँचौं स्थानको प्लेअफमा अफगानिस्तानको सामान गर्दैछ ।
लगनखेल स्थित आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिताको समूह चरणमा तेस्रो स्थानमा रहेका टोलीहरुबीच पाँचौं स्थानका लागि आज दिउँसो ३ बजे प्लेअफ हुन लागेको हो ।
समूह ए बाट नेपाल दुबै खेलमा पराजित हुँदै अन्तिम भएको थियो भने चार टोली रहेको अफगानिस्तान समूह बी बाट तेस्रो भएको थियो ।
यसैक्रममा, तेस्रो स्थानका लागि साँझ ५ बजे हुने खेलमा तुर्कमेनिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइलमा पराजित भएका यी टोलीबीच तेस्रो स्थानको प्लेअफ हुन लागेको हो ।
यस प्रतियोगिताको उपाधिका लागि किर्गिजस्तान र उज्बेकिस्तानको खेल शनिबार हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा