सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाकिस्तानी प्रधानमन्त्रि इमरान खानले अब भारतसँग कुनै पनि वार्ता नगर्ने बताएका छन् । उनले भनेका छन् कि “उ (भारत) सँग वार्ता गर्ने अब कुनै पनि मतलव रहेन । मेरो मतलव यो हो कि मैले सबै कुरा भने, दुर्भाग्यले अब जब म पछाडि फर्केर हेर्छु , जुन बेला मैले शन्ति र वार्ताको लागी पहल गरेको थिए, त्यसलाई गम्भिरतापुर्ण रुपमा लिइएन ।”
यो कुरा खानले न्युयोर्क टाइम्स लाई दिइएको एक अन्तरवार्तामा भनेका हुन । खानले अगाडि भनेका छन कि “यदि भारत पाकिस्तान विरुद्ध सैनिक कारवाहि गरेमा त्यसको डटेर जवाफ दिनेछ ।”
भारतले सुरक्षा ब्यवस्थालाई ध्यानमा राख्दै ५ अगस्टमा जम्मू–कश्मीरमा अनुच्छेद ३७० को खण्ड २ र खण्ड ३ लाई समाप्त गरेको थियो ।
साथै राज्यलाई दुई केन्द्र शासित प्रदेश– जम्मू–कश्मीर र लद्धाख मा बाडियो । अनुच्छेद ३७० खारेज सँगै पाकिस्तान भारतसँग रुष्ट भएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा